विप्लव समुहका एक कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 05 | 01:14 pm 2394

बागलुङ, मंसिर १९: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा युवा संगठनका बागलुङ सचिव गलकोट नगरपालिका–४, भयरखर्कका रमेश अविरल भनिने सहल सुनार रहेको प्रहरीले जानकारी दिए ।

उनलाई बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट पक्राउ गरेको हो ।

साथै, सुनारको साथबाट विप्लव समूहसम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको प्रहरीले जनाए ।

पक्राउ परेका सुनारको प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.