बुटवल, मंसिर ४ः सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज पूर्ण बहादुर सिंहलाई प्रहरीले पक्राउ गरेकाे छ ।
बिहीबार विहान सांगठनिक कामको सिलसिलामा बुटवलमा रहेका सिंहलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनीसँगै रहेका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी बुटवलमा राखिएको छ । उनीहरुसँग केही शंकास्पद सामाग्री जफत भएको ईप्रका बुटवलका प्रमुख डिएसपी प्रतीत सिह राठौरले बताए । सिंह अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष समेत हुन ।