विप्लव नेतृत्वको नेता गुणराज लोहनी चितवनबाट पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 22 | 10:15 am 1600

काठमाडौं, कात्तिक ५: सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनी चितवनबाट पक्राउ गरेको छ।

नेकपा केन्द्रीय सदस्यबाट एकसाता अघि निकालिएका लोहनीलाई सादा पोशाकको प्रहरीले पक्राउ गरेको हो।

विप्लवनिकट पत्रिका रातोखबरबाट पनि निकालिएका उनलाई चितवन प्रहरीको हिरासतमा राखिएको प्रहरीले जानकारी दिए । लोहनी तत्कालीन नेकपा (माओवादी) को शिक्षक संगठनको अध्यक्ष थिए।

माओवादी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा रहेर विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए। विप्लवले उनलाई बिरामी रहेकाले केन्द्रीय सदस्यबाट हटाएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.