विप्लव निकट किसान महासंघका संयोजक कार्की पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 06 | 03:31 pm 2015

काठमाडौं, फागुन २२  : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले पक्रेको छ ।

प्रहरीले उनलाई सोमबार कोठाबाट पक्राउ गरेको भए पनि उनको अवस्था हालसम्म सार्वजनिक नगरिएको जबस मोर्चाका इन्चार्ज जीवन्तले जानकारी दिएका छन् । उनले कार्कीको तत्काल रिहाईको माग पनि गरेका छन् ।

अहिलेसम्म प्रहरीले देशभरबाट साढे तीन सय भन्दा बढी विप्लव कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हतियार देखाएर चन्दा असुल्ने र हसियाँ हथौडा बोकेर आतंक सिर्जना गर्नेहरुलाई नियन्त्रणमा लिने बताइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.