विप्लवले चाहे सरकारसँग वार्ताको वातावरण बन्ने

| 2018 Oct 07 | 01:27 pm 1575

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकार प्रतिबद्ध रहेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले जनाएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले राजधानीमा आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्र्तक्रिया कार्यक्रममा पाठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग संवाद गर्न चाहेमा आवश्यक वातावरण बन्ने विश्वास व्यक्त गरेका हुन् ।

सरकार वार्ताका लागि गम्भीर रहेको भन्दै उनले पार्टीलाई लिखित पत्र दिएर वार्ताका लागि आह्वान गर्छाैं भन्ने भनाइ सरकारबाट आएको उल्लेख गरे, नेपाल कम्युनिष्ट पार्टीलाई लाग्यो भने वार्ताको वातावरण बन्ने उनको भनाई थियो ।

मानव अधिकारको सवालमा कतिपय कमीकमजोरी हुनसक्ने भन्दै त्यसबाट सच्चिएर अझै क्रियाशील हुने प्रतिबद्धता पनि पाठकले व्यक्त गरे । कुनै पनि विचार लिएर जाने स्वतन्त्रतालाई सरकारले रोक्न नहुने तर्क पनि उनले गरे ।

राजनीतिक कुरा राजनीतिक रुपमै टुङ्ग्याउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिँदै एकले अर्काको सम्मान गर्न, वैचारिक सङ्घर्ष मात्रै गर्न र साझा एजेण्डाका साथ देश विकासमा लाग्न राजनीतिक दललाई उनले आग्रह गरे ।

सो अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले मानव अधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा आँच पुग्ने काम भइरहेको भन्दै यसमाथि गम्भीर अनुगमन गर्न आयोगलाई आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.