विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : पार्टीको नाम लुटेरा समूह विप्लव राख्नुस्

रिपोर्ट नेपाल | 2019 Mar 08 | 06:42 pm 1407

काठमाडौं, फागुन २४  : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपाका कारण आफूहरुलाई लाजको अवस्था आएको बताएका छन् ।

उनले विप्लवलाई पार्टीको नाम फेर्न सुझाव दिंदै भने, ‘पार्टीको नाम ‘लुटेरा समूह विप्लव’ राख्नुस्, हामी पनि नेकपा हौं । हाम्रो पार्टीको पो बेइज्जत भइसक्यो ।’

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विप्लव माओवादीले देशभर चन्दा आतंक र त्रास सिर्जना गरिरहेको भन्दै ‘लुटेर समूह विप्लव’ सुहाउँदो नाम हुने भन्दै व्यङ्ग्य गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विप्लवलाई चन्दा आतंक, हत्यालगायतका आपराधिक क्रियाकलाप छाड्न समेत आग्रह गरे । ओलीले गैरकानुनी क्रियाकलाप बन्द नगरे सरकारले शान्ति सुरक्षाका लागि विप्लव माओवादीविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.