विप्लवका ९ नेता, कार्यकर्तालाई अनुसन्धानका लागि ८ दिन थुनामा राख्न अनुमति

| 2019 Mar 24 | 05:40 pm 933

काठमाडौँ,  १० चैत्र :  काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव)  समूहका मध्य क्षेत्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले ८ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीको विशेष अपरेशनले शनिबार बिहान ‘विप्लव’ नेतृत्व नेकपाका मध्यमाञ्चल कमाण्डर हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित नौँ जनालाई पक्राउ गरेकाे थिए ।  उनीहरुलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको हाे ।

प्रहरीले उनीहरुलाई बम विस्फोट गराइ आम नागरिकको हत्या गरेको, अवैध हातहतियार बोकेको, राज्य विरुद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्नका लागि अदालतमा आइतबार पेश गरेको थियो ।

मुलुकी संहिता अनुसार पक्राउ परेको व्यक्तिलाई २४ घण्टाभित्र अदालत पेश गर्नुपर्छ। प्रहरीले ओलीसहितको टोलीलाई जिल्ला अदालत ललितपुरमा पेश गरेकाले उनीमाथिको आरोपका अनुसन्धान ललितपुरका घटनामा केन्द्रित हुनेछन्।

शनिबार ओलीसँगै धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेको प्रहरीले जनाएकाे छ । उनीहरुसँग प्रहरीले ५ थान हतियार फेला परेको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.