काठमाडौं, जेठ १५: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ताताले सिन्धुलीमा आफ्नै पुर्व सेक्रेटरीमाथि कुटपिट गरेका छन् । कुटपिट पर्नेमा ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनकी श्रीमती ३० वर्षीय गंगा रहेका छन् ।
गाउँपालिकामा आफ्नो काम सकेर फर्किएका घिमिरको दम्पत्तिलाई चन्द समूहका कार्यकर्ताताले मरणासन्न हुनेगरी कुटपिट गरेका हुन् । घिमिरे चन्द समूहको जनकपुर ब्युरो सदस्य तथा सिन्धुली र महोत्तरी जिल्ला सेक्रेटरी रहेर काम गरिरहेका थिए ।
हरिहरपुरगढी गाउँपालिकामा आफ्नो व्यक्तिगत काम सकेर साँझ घर फर्किने क्रममा चन्द समूहका कार्यकर्ताले कुटपिट गर्दा घिमिरे दम्पत्तिको हातमा गहिरो चोट लागेको प्रहरीले जनाए ।
घाइते घिमिरेले ६ महिनाअघि विप्लव समूह परित्याग गरेका थिए । उनिहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।