काठमाडौं, भदौ १ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परेका छन् । रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरले रिपोर्ट नेपाललाई बताए अनुसार केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई फेरि पक्राउ गरिएको हो । यसअघि चन्दा असुली गरेको आरोपमा प्रकाण्डलार्इ नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।
प्रकाण्डलार्इ रिह गर्न न्यायाधीश चालेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले आज नै आदेश दिएको थियो ।