विप्लप प्रवक्ता ‘प्रकान्ड’ थप दुई दिन थुनामा, दोस्रोपटक म्याद थपियो

| 2018 Aug 15 | 03:53 pm 2129

काठमाडौं, साउन ३० : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। प्रकान्डलाई थुनामा राखिरहन बुधबार अदालतबाट जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुमति लिएको हो।

गत बुधबार पक्राउ परेका प्रकान्ड पहिलोपटक पाँच दिन र त्यसपछि तीन दिन म्याद लिइएको थियो। गैरकानूनी रुपमा ७ करोडभन्दा बढी चन्दा उठाएको भन्दै साउन २२ गते पक्राउ परेका ‘प्रकाण्ड’लाई सर्वोच्चले सोमबार ४८ घण्टा भित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

बन्दी बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कायम कायममुकायम प्रधानन्यायाधीश ओम प्रकाश मिश्रको एकल इजलासले सरकारको नाममा थुनामा राख्नुको लिखित कारण सहित बाटोको म्याद बाहेक ४८ घण्टा भित्र सर्वोच्च अदालतमा पेस गर्न आदेश दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.