काठमाडौं, साउन २८ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
गत आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले बन्दीसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश दिएको हो।
पक्राउ परेका उनलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । केही दिन अघि चन्दा असुली गरेको आरोपमा प्रकाण्ड पक्राउ परेका थिए । अहिले उनी प्रहरी हिरासतमा छन् ।
गत बुधबार प्रकाण्डसहित हरिचन्द्र आचार्य,मनबहादुर श्रेष्ठ लगायतका नेताहरूलाई समेत पक्राउ गरेको थियो।