महेश सिंह सिरहा, माघ १४ः लहान नगरपालीका १३ स्थित बिपन्न बस्तीमा महेश चौधरी र संगीता कर्माचार्यकी जोडीले कम्बल बाँडेका छन् । चिसोले मजदुर, वृद्धवृद्धा र बालबालिका बढी समस्यामा परेका छन् । बाक्लो हुस्सु र पश्चिमी चिसो वायूका कारण बिगत केही दिन देखि मधेसमा जनजीवन प्रभावित भएकाे छ।

उक्त वडामा गरीब, दलित, बिपन्न तथा एकल महिलाहरुलाई चिसोबाट बच्नका लागि मस जोड़ीद्वारा ६० जनालाई कम्बल बितरण गरिएको स्थानीय श्री राम राउत र अनिता राउतले जानकारी दिए । दैनिक ज्याला, मजदुरी गर्ने वृद्धवृद्धा र बालबालिका बढी समस्यामा परेका छन्।

बाक्लो हुस्सु र चिसोका कारण काममा जान सकेका छैनन् भने विपन्न समुदायलाई मुस्किल भएको छ। अत्याधिक चिसोले जनजीवन प्रभावित भएको बेला महेश चौधरी र संगीता कर्माचार्यले ६० जनालाई न्यानो कम्बल बाँड्न जादा स्थानीयले नेता चौधरी र कर्माचार्यलाई स्वागत गरेका थिए।
नेता चौधरी र कर्माचार्यका अनुसार माननीय सांसद प्रदीप गिरी र एपोलो ओम बोर्डिङ स्कुलद्वारा दिईएको आर्थिक सहयोगले राहत स्वरुप कम्बल बितरण गरिएको उनले बताए । स्थानीय निकाय मौन भएको बेला मस जोडीको यस अभियानले चौतर्फी रुपमा चर्चा बटुलेको छ ।

पछिल्लो समय गरेको कामहरु जग्जाहेर नै रहेको स्थानीयहरुले बताए हुन् । बुधबार सिरहाको खप्टे डाडामा कम्बल वितरण गर्ने कार्यक्रम रहेको नेता चौधरीले बताए ।