विनाशकारी हावाहुरीमा परी कैलाली र कञ्चनपुरमा, एकको मृत्यु, ४० भन्दा बढी घाइते

रिपोर्ट नेपाल | 2019 Jun 07 | 12:06 am 1937

धनगढी, जेठ २३:  बिहिबार साँझ कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएकाे छ । हावाहुरीबाट दर्जनाैं घरकाे छाना उडाएका छन् । अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । हावाहुरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । हावाहुरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.