विधानबारे छलफल गर्न शशांकले बोलाए गुटको बैठक

रिपोर्ट नेपाल | 2018 Nov 28 | 03:41 pm 1627

काठमाडौं मंसिर १२ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गुटको बैठक बोलाएका छन् । उनले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको भोलिबाट सुरु हुने बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुनेछ । यसअघि मंगलबार कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेस नेताहरुलाई घरमा बोलाएर लञ्च मिटिङ गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.