काठमाडौं, कात्तिक २८ : आगामी महासमिति बैठकमा पेश हुने नेपाली कांग्रेसको आन्तरीक संविधान (विधान)का विषयमा छलफल गर्न आगामी मंसिर १२ र १३ गते ७७ वटै जिल्लाका सभापतिको बैठक बस्ने भएको छ ।
नेपाली कांग्रेस नुवाकोटको विशेष सकृयतामा नुवाकोटको ककनीमा बस्ने बैठकले विधान पूर्ण लोकतान्त्रिक बनाउने विषयमा आन्तरीक छलफल हुने बुझिएको छ । विधान मस्यौदा समितिले प्रस्तावित गरेको विधानलाई सभापतिको बैठकमा आन्तरीक छलफल गरी पार्टीलाई बुझाउने कार्यक्रम रहेको छ ।
यस विषयमा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीसँग रिपोर्ट नेपालले राखेको जिज्ञासामा देशभरका सभापतिको बैठकमा परामर्श र छलफल गरी त्यसको निचोड पार्टीलाई बुझाउने बताए । बैठकलाई भब्य र सभ्य बनाउनका लागि ककनीका साथीसँग छलफल भएको समेत सभापति केसीले बताए ।