विद्युत् अवरुद्ध हुँदा बैंकको सेवा ठप्प

रिपोर्ट नेपाल | 2018 Dec 15 | 02:37 pm 2305

हुम्ला, मंसिर २९ : हुम्लाको मध्य सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखा तीनदेखि बन्द रहेको छ । बैंकलाई विद्युत् आपूर्ति गर्दै आएको तल्छडी जलविद्युत् आयोजनामा खराबी आएर विद्युत् सेवा अवरुद्ध हुँदा बैंकको काम बन्द भएको हो।

बैंकमा ३० हजारको चेक साट्न सर्केगार्ड गाउँपालिका वडा नं ८ को राहदेवबाट चार घण्टा पैदल हिँडेर आए पनि बैंकमा कारोबार नहुँदा खाली हात फर्कनुपरेको पल्लबी ऐडीले बताए।

मङ्सिर २५ गतेदेखि विद्युत् अवरुद्ध हुँदा बैंकले कुनै पनि काम गर्न नसकेको बैंकका कर्मचारी धनराज बुढाले बताउनुभयो । सेवाग्राही एकदेखि दुई दिन पैदल हिँडेर आउने गरेको भए पनि सेवा प्रदान गर्न नसकिएको उनले बताए।

यो समस्या कति दिनसम्म हुन्छ यसै भन्न नसकिने र यसका लागि गाउँपालिका र विद्युत् उपभोक्ता समितिले सहयोग नगरेको उनले गुनासो गरे। तीन दिनदेखि घाम नलाग्दा बैंकमा जडान गरिएको सोलारले पनि काम गर्न छाडेको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.