विद्युतीय बसमा महानगर मेयरले पहिलो भाडा तिरे

रिपोर्ट नेपाल | 2019 Sep 19 | 05:17 pm 2693

काठमाडौं, असोज २: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलद्वारा विधिवत उद्घाटन गरी बुधबारसम्म निशुल्क संचालनमा आएको विद्युतीय बस आज बिहीबारदेखि व्यवसायिक रुपमा संचालन भएको छ ।

व्यवसायिक बसमा यात्रा गरी पहिलो भाडा तिर्ने यात्रुमा सर्वसाधारण नभएर काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य भएका छन् । मेयर शाक्यले व्यवसायिक कार्यको भृकुटी मण्डपदेखि यात्रा गरेर सोह्रखुट्टे पुगेर कार्ड मार्फत पन्ध्र रुपैयाँ बस भाडा तिरेका थिए ।

प्रदेश नम्बर ३–००५ ख ९६९३ को विद्युतीय बसबाट मेयरले यात्रा गरेका थिए । रिङरोडमा अबदेखि नियमित चल्ने विद्युतीय बसमा २० प्रतिशत छुट हुने भएको छ । अन्य बस नम्बर ९६९४, ९६९५ र ९६९६ रहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.