विद्यार्थी नै शिक्षकमाथि जाइलागेपछि प्रधानाध्यापककाे आँखा फुट्याे

रिपोर्ट नेपाल | 2019 May 23 | 02:23 pm 2116

काठमाडौं, जेठ ९: गोकर्णेश्वर नगरपालिका ६ मा रहेकाे अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङकाे विद्यार्थीको कुटाइबाट आँखा फुटेकाे छ । विद्यार्थी र अभिभावककाे झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापककाे आँखा फुटेकाे हाे ।

२२ वर्षीय विद्यार्थी छिरिङ तामाङको कुटाईबाट प्रधानाभध्यापक तामाङको देब्रे आँखा फुटेर घाइते भएका छन् । अभिभावकमाथि जाइलागेका छिरिङलाई छुट्याउन जाँदा उनले प्रधानाध्यापकमाथि नै कुटपिट भएको गरेका थिए ।

शिक्षकका अनुसार  छिरिङ विद्यालयबाट १०/ १५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि  उनका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडि कतै लागुऔषध दुर्व्यसनीमा फसेको छ कि भन्ने विषयमा विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए । आक्रमण छुटाउने क्रममा प्रिन्सिपल तामाङको देब्रे आँखामा गम्भीर चोट लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.