विद्यार्थीको पहुँच सुनिश्चितता नभई त्रिविको अनलाईन कक्षा संचालन गर्ने निर्णय औचित्यहिनः ई भुवन भट्ट

रिपोर्ट नेपाल | 2020 Apr 25 | 05:55 pm 2188

काठमाडौं, बैशाख १३ः त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी इन्टरनेटको पहुचमा छन् वा छैनन् भन्ने एकिन डाटा विश्वविद्यलयसँग नभइकन हचुवाका भरमा त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गर्नु औचित्यहिन भएको र समग्र विद्यार्थीको पक्षमा नरहेको नेविसंघका नेता ई भुवन भट्टले बताए ।

त्रिबि रजिष्टार प्राडा पेशल दाहालले बैशाख १२ गते अनलाईन अध्ययन अध्यापन गर्न सकिने त्रिवि प्राज्ञिक परिषद्को निर्णय भएको र निर्देशिका समेत जारी गरेसकेको हुनाले डिन कार्यालयसँग समन्वय गरी निर्णय कार्यान्वयन गर्न आंगिक क्याम्पस र त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पसलाई सूचना मार्फत जानकारी गराएका थिए ।

कोरोना महामारिका कारण अहिले सिंगो नेपाल लकडाउनमा छ । लकडाउनका कारण विभिन्न तह र विश्वविद्यालय अन्तर्गतका शैक्षिक गतिबिधि, पठपाठन समेत ठप भएकाले शिक्षा क्षेत्रमा यसको नकरात्मक असर परिराखेको छ ।

नेपालका ग्रामिण क्षेत्रमा अझै पनि इन्टरनेटमा विद्यार्थीको सुलभ पहुच छैन्। त्यसकारण समग्र विद्यार्थीको पक्षमा हुनेगरी गहिरो अध्ययन गरेर औचित्य पुष्टि हुनेगरी समान शैक्षिक पहुँच स्थापित हुने बैकल्पिक ब्यवस्था गरिनुपर्ने नेता भट्टले बताए ।

प्रबिधिको सदुपयोग गर्नु राम्रो पक्ष हो तर त्रिभुवन विश्वविद्यालयले कुनै अध्ययन बिना विद्यार्थीको पहच बाहिर रहने गरी अनलाइन अध्ययन अध्यापनको निर्णय गरी सूचना जारी गर्नु आपत्तिजनक छ र यो नाटकमञ्चन मात्र हो, नेता भट्टले भने ।

अनलाइन पठनपाठनमा पाठ्यक्रमको प्रकृति पनि सोही अनुरुपको हुनुपर्छ र विद्यार्थीको पहुँचको सुनिश्चितता हुनुपर्छ । कोरोना संक्रमणका कारण मुलसक लकडाउनमा रहेको बेला विद्यार्थीको समान र सुलभ पहुँच नहुने गरी अनलाईन कक्षा सञ्चालन गरिनु प्रभावकारी हुँद‌ैन र यसले सकारात्म परिणाम ननिकाल्ने जिकिर समेत नेता भट्टले गरे ।

नेपालको कुल जनसङ्ख्याको ६५ प्रतिशतमा इन्टरनेटको पहुँच बल्ल तल्ल पुगेको छ। त्यसभित्र पनि ३५ देखि ४० प्रतशितको हाराहारिमा दचयबमदबलम प्रयोगकर्ता छन् भने ६० देखि ६५ प्रतिशतको हाराहारिमा डाटाले काम चलाई राखेको अवस्थामा अनलाइन पठनपाठन सम्भव देख्नु विश्वविद्यालको कमजोरी भएको नेता भट्टले बताए ।

विश्वविद्यालयका सशैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थी त सुदुर मेचिदेखि महाकालिसम्मका हुन्छन् । पदाधिकारीहरुको शहरका चोकचोकमा घर छन् भन्दैमा, हुम्लाको हिल्सा, दार्चुला, संखुसभा, पाचथर देखि कालिकोटको दुर्गममा रहेको विद्यार्थीको घरमा उच्च प्रविधिको इन्टरनेट छ भन्ने सोच्नु कहाँसम्मको बुद्धिपूर्ण सोचाई हो ?

त्यसकारण त्रिवि प्राज्ञिक परिद्को निर्णय आर्थिक भार बढाउने, आर्थीक चलखेल र अनियमितता गर्ने नियतका साथ आएको टिप्पणी समेत नेता भट्टले गरे ।

अहिलेको विपतमा आर्थिक चलखेलमा नलागि त्रिवि लगायतका विश्वविद्यालयले विद्यार्थीको शैक्षिक शुल्क मिनाहा गर्न तर्फ ध्यान दिई निर्णय गर्नु उपयुक्त हुने सुझाव समेत नेता भट्टले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.