विदेशबाट फर्केपछि श्रीमतीमाथि शंका : छोरी र पत्नीले बाँधेर शरीर चिरि नुन खुर्सानी दलिदिए

| 2018 Jun 21 | 04:06 pm 3811

काठमाडौँ, असार ७ : वैदेशिक रोजगारी सकेर कतारबाट फर्किएका सप्तरीको खड्क नगरपालिका–३ गरुराहका सत्यनारायण रामलाई श्रीमती र छोरीले चरम यातना दिएका छन् ।

सोमबार कतारबाट फर्किएका सत्यनारायणले आफू विदेशमा रहँदा श्रीमती पर–पुरुषसँग लागेको आशंका गरेपछि श्रीमती र छोरी मिलेर मुखमा पट्टी र हातखुट्टा बाँधेर कुटपिट गरेको बताइएको छ ।

‘पहिले श्रीमानले कुटेपछि दोस्रो पटक सत्यनारायणमाथि श्रीमतीले आक्रमण गरेको खुल्न आएको छ’ ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले भने, ‘घट्नाको उजुरी आएको छ, हामी छानबिन गरिरहेका छौं ।’

३५ वर्षीय सत्यनारायण यादव र श्रीमतीबीच एक–आपसमा चरम आशंका रहेको बताइएको छ ।

श्रीमतीलाई सत्यानारायणले आक्रमण प्रयास गरेपछि विवाहको कुरा समेत चलिरहेको छोरीसँग मिलेर श्रीमतीले धारिलो हतियारले उनको शरीर चिरेर नुन–खुर्सानी समेत दलेर हत्या प्रयास गरिएको स्थानीयहरु बताउँछन् ।

बिहीबार छलफलका लागी श्रीमान्–श्रीमती दुवैलाई बोलाईएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

सत्यानारायणको जेठी छोरीको विवाहको कुरा छिनिसकेको भए पनि उमेर नपुगेको हुनाले प्रहरीले विवाह नगर्न चेतावनी दिएको छ ।

स्थानीयहरुका अनुसार छोरीको विवाहको खर्चको विषयलाई लिएर पनि सत्यनारायण र उनको पत्नीबीच विवाद बढेको थियो ।

सत्यनारायणले विदेशबाट पठाएको पैसा श्रीमतीले सकेको र छोरीको विवाहको लागी पैसा अपुग भएसँगै मनमुटाव उत्कर्षमा पुगेको बताइएको छ । राताेपाटीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.