विजय भन्दा २ सय ७ मतले रेनु अगाडि

रिपोर्ट नेपाल | 2022 May 17 | 04:11 pm 4265

चितवन, जेठ ३ः भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।

नगर प्रमुख पदका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदी भन्दा २ सय ७ मतले उनी अगाडि छिन्।

अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर ५ को मतगणना भइराखेको छ। दाहालले ६ हजार ५६६, एमालेका सुवेदीले ६ हजार ३५९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार १९९ मत ल्याउनुभएको छ। अहिलेसम्म १९ हजार २८३ मत गणना भइसकेको छ।

उपमेयरमा नेपाली कांग्रेका चित्रसेन अधिकारीले  सात हजार ९७८, राप्रपाका हिमला गुरुङले पाँच हजार २२९ मत प्राप्त गर्नुभएको छ। पछिल्लो मतगणनामा दाहालको मत बढ्दै गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.