विजयनगरको ढलान सडक भासियो

रिपोर्ट नेपाल | 2023 May 27 | 02:57 pm 1073

कपिलवस्तु, जेठ १३ः कपिलवस्तुको विजयनगर गाउँपालिका –५ देवीपुर सडकको पीसीसी भासिएको छ । प्रदेश समानिकरण अनुदानमार्फत निर्माण भएको कृषि सडकको पुल नजिकको भाग भासिएको हो ।

सडक निर्माण भएको एक महिना नहुँदै ढलान भत्किएपछि स्थानीयले कमसल निर्माण भएको आरोप लगाएका छन् । करिब २ मिटरमा क्षति पुगेको छ । वर्षा समयमा माटो बगायो भने अझ धेरै क्षति हुन सक्ने स्थानीय कृष्ण पौडेलले बताए । गाउँपालिकाका इन्जिनियर नवीन डुम्रेले नयाँ माटो पटान भएकाले सडक भासिएको बताए ।

कल्भर्ट पीसीसीलगायत निर्माणको भुक्तानी नभएको र पुनः निर्माण भएपछि मात्र रकम भुक्तानी हुने बताइएको छ । देवीपुर कृषि बाटोमा कल्भर्ट उपभोक्ता निर्माण समितिका अध्यक्ष चित्रबहादुर बलालले भत्किएको ढलानको काम सुरु गरिएको बताए । सडक ढलान गरिएको एक साताभित्र ट्याक्टर चलाउँदा ढलान भत्किएको बलालले दाबी गरे । साभार गाेरखापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.