विकृतीको झाडी  बन्दैछ, लिभिङ टुगेदर

| 2023 Sep 18 | 03:00 pm 7485

नेपालमा पछिल्लो समय प्रेम गर्ने नाममा भएका विकृती र विसंगती दिन प्रतिदिन बढ्‌दै जान थालेका छन् । हाम्रो समाज यति धेरै छाडा भई- सकेको छ की भन्न समेत लाज लाग्न थालेको छ । निवासका कोठा चोटामा गर्ने कृयाकलाप कायर्यालयमै भएका कुराहरु सार्वजनीक भएका छन् । मुलुकका ठूला शहरहरु‌मा पछिल्लो समय माँया प्रेमको नवकली कथामा थुप्रै युवा युवती फसेर आफ्नो जीवन बर्बाद गरीरहेका छन। कुनै बुझ-बुझारथको चेष्टानै नगरी सामाजिक संजालबाट माँयाको सुर्के गाँठोमा जवानीको आवेगका साथ आफ्नो शरीरलाई सहजै सुम्पने र सुरुका दिनमा मोज मस्ती गर्ने चित्त नबुझेपछि बलात्कारको आरोप लगाउनेको संख्या पनि हवात्तै बढेको छ। विशेष गरी पश्चिमा मुलुकको शैली वा प्रवृती अपनाएर सँगै बस्ने र स-साना कुरामै छुट्टीने प्रकृया  पनि झन झन बढोत्तरी भइरहेका छन । सँगै जिउने र मर्ने कसम खाँदै वैधानिकताको प्रकृयालाई विश्वासमा सुम्पीएर शरीर माथि छाडा खेल्न दिने थुप्रै थुप्रै कलिला दिमाग भएका र अर्धबैशे महिलाले समेत अनेक समस्या झेल्नु परेको छ । कैयौ पुरुषले फेसबुक मार्फत खोजि गर्ने र त्यही बाट प्रस्ताव राखी होटल रेस्टुरेन्टमा भेटेर सम्पर्क अघि बढाउने गरेका घटना पनि हाम्रो समाजमा प्रशस्तै देखिन थालेका छन्। विशेष गरी लिभिङ्ग टुगेदरका नाममा पछिल्लो समय आएको नक्कली प्रेम आतंक त चासो दिने प्रकारका छन । सामाजिक संजाल बाट गरीने प्रेम र राखिने सम्पर्क पनि कहालिलाग्दो तरीकाले वृद्धि भई राखेका छन् ।

शुरुका दिनमा केटा पक्षले आकाशका तारा नै खसालिदिने सपना बाँड्‌दा मनको लड्‌छु, घ्यू सँग खाने धेरै युवती तथा  महिलाहरु, शोषणको शिकार भएर पनि भित्रभित्रै सहेर बस्न बाध्य छन भने कैंयौ पुरुषले जोसमा होस गुमाउदा सामाजिक प्रतिष्ठा गुमाउदै जेलको चिसो छिंडीमा बस्न बाध्य भएका छन् ।  विशेषगरी पर्यटकीय नगरी पोखरा, सुन्दर नगरी धरान, राजधानी काठमाण्डौ लगाएत देशका थुप्रै शहरहरु‌मा लिभिङ टुगेदरका नाममा शुरुका दिनहरुमा रमाउने र लफ‌डा मच्चिएपछी पछु‌ताउनेको संख्या प्रशस्तै छन। प्रहरीको रेकर्डमा पनि शुरुका दिनमा खुशीका साथ बढेर रंगिन दिनरात विताउने पछि भगडा गर्ने अनि बलात्कार गरेको भन्ने उजुरी दिने उपक्रम प्रसस्तै बढेर गएका छन । कैयौ केटाकेटीको भेटघाट सामाजिक संजालबाट हुने र पछि गएर एकै साथ बस्ने वैधानीक र कानुनी रुपमा अविवाहीत तर व्यवहारिक रुपमा शारीरिक तथा यौन सम्बन्धी सबै कृयाकलाप गर्ने गरेको पनि पाइन्छ।

यस्ता कृ‌याकलाप लामो समय टिकाउ भएको पनि पाइदैन । महिलाले जब वैद्यानिकताको कुरा र सन्तान इच्छाको कुरा उठाउन थाल्छन त्यसपछि उनिहरु‌मा खटपट शुरु हुन्छ । पुरुषले न्यूनतम खर्चमा महिलाको यौन शोषण गरी शारीरिक प्यास मेटाउन थाल्छन त्यसपछि उनिहरुमा खटपट शुरु हुन्छ। पुरुषले न्यूनतम खर्चमा महिलाको यौन शोषण गरी शारीरिक प्यास मेटाउदै, खेलौना बनाउन खोजेको कुरा त्यती बेला छरपष्ट हुन जान्छ जब महिलाले औपचारिक विवाह र सन्तान जन्माउने कुरा उठाउन थाल्छीन । यसपछि पुरुषले अनेक बहानबाजी गर्न शुरु गर्ने र उस्तै, परे हिंसामा उत्रने हरकत गरेको पनि सुन्ने गरिन्छ। यौनका लागि गरिने यस्ता झुठो माँया प्रेममा कतै केटा मान्छे भन्दा केटी आधा उमेरका भेटिन्छन त कतै केटा भन्दा केटी आठ दश वर्षनै पाका उमेरका भेटिन्छन । पाका उमेरका महिलाहरू प्राय घरवार विग्रीएका वा पति विदेशमा भएका कारण यौन सम्पर्कको चाह‌नामा अन्धो भएका भेटिन्छन। कतिपय पाका उमेरका महिलाले शुरुका समयमा आफ्नै घर कोठाम लैजाने र पछि अन्धो प्रेममा परिणत भएपछि आफ्नो श्रीमानलाई कंगाल बनाएका घटना पनि यत्रतत्र सुन्ने गरिन्छ । धेरै पुरुषहरुले पहिला प्रस्ताव गर्दा माँयाप्रेम र जीवनभर सँगै जिउने कुरा गर्ने अनि केटीलाई आफ्नो नक्कली माँयाको जालोमा पार्न सफल भएपछि सँगै डिस्को, क्लब, दोहोरी रेष्टुरेन्ट वा गेष्ट‌ हाउस‌मा पुर्याउछन् । विश्वास‌मा लिभिङ टुगेदर गर्नेहरु अविश्वास बढेपछि झगडा गरेर अन्तत: जेलको छिडीमा पुग्ने घटना बढेर जाँदा थुप्रैका लागि यो आयातित लिभिङ टुगेदर गलपासो बन्न पुगेको छ। शुरुका दिनमा मन मिलेर सम्पर्क गर्ने र पछि बलात्कारको आरोप लागेर अड्‌डा अदालत धाइरहेका कैयौ यूवा र धोकाधडीमा परेका कैयौ यूवतीहरु पछु‌ताउने मात्रै होइन कि आफ्ना सातपुस्ताले यस्तो नगरोस भन्दै हिड्‌ने गरेको समेत भेटिन्छन ।

यसरी युवती वा महिलाको जवानी लुटेपछि उसलाई चुइगमको खोस्टा सरह फाल्न खोज्नेको संख्या पनि थुप्रै छ। भेटेको दिन देखि स्वार्थपुर्ति गर्दा सम्म आकाशको चन्द्रमा झारिदिन्छु भन्ने पुरुषले जब केटी पक्ष बाट विवाह वा सँगै जीवन विताउने कुरा आउँछ त्यस पछि अनेक बहानाबाजी बनाउने विदेशतिर लाग्ने अनि एकैपछि उ वाट टाढीएर अर्कैसँग विहे गर्ने गरेको पनि केटीपक्ष बाट सुन्न पाइन्छ। यस्तो घटनाका कारण विदेश जान खुट्टा उचालेर बसेका यूवालाई महिलाले जर्वजस्ती करणीको मुद्दा हालेपछि जेलको चिसो छिडीमा बसेर आफ्नो गलत बाटोको विषयमा पछु‌ताई रहेका पनि छन ।

विश्वासमा लिभिङ टुगेदर  माँयाको नौटङ्‌की जालो हाल्नेहरु अविश्वास बढेपछि झगडा गरेर अन्ततः जेलको छिडीमा पुग्ने घटना बढेर जाँदा थुप्रैका लागि यो आयातित लिभिङ टुगेदर संस्कृती गलपासो बन्न पुगेको छ। शुरुका दिनमा मन मिलेर सम्पर्क गर्ने पछि बलात्कारको आरोप लागेर अड्‌डा अदालत धाइरहेका कैयौ यूवा र धोकाधडीमा परेका यूवतीहरु पछुताउने मात्र होइन कि ज्यान फाल्ने कार्य समेत गरेको पाइन्छ ।  कैयौ यूवतीले युवालाई माँयाको जालोमा फसाएर वार्गेनिङ वा ब्ल्याकमेलिङको माध्यम बनाएको पनि पाइन्छ। अबैधानीक रुपमा आफ्नो सबै सुम्पीएर पछि पछुताउने परिस्थिती पैदा गर्नुभन्दा शुरुमै कानुनी मान्यता सँगै आफ्नो जीवनको शुरुवात गर्नुपर्ने रहेछ भन्दै एक यूवतीले आफ्नो कथा र व्यथा  यो पङ्तिकारलाई सुनाइन । यस अघि उल्लेख गरिएका सहर बाहेक विराटनगर, बुटवल, नेपालगंज लगाएत थुप्रै शहर बजारमा लिभिङ टुगेदरको विकृती फस्टाइरहेको छ। पर्याप्त कानुन र विषयवस्तुबारे ठोस जानकारी नहुँदा प्रहरीले सम्बन्ध विग्रीए पछि मात्रै थाहा पाउने गरेको छ। लिभिङ टुगेदरमा पाटनरसँग मनमुटाव भएपछि अनेक बहानावाजी गरेर मुद्दा दर्ता गर्न प्रहरीकहाँ जाने गरेका सन्दर्भ एकातिर छ भने अर्कोतिर प्रोपटीका लागि पनि केटीहरु सँगै बस्ने गरेको कुरालाई पनि नकार्न सकिन्न । धेरै घटना मिल्दासम्म लिभिङ टुगेदर भन्ने अनि मनमुटाव वढेपछि आर्थिक लाभको लागि ब्ल्याक मेलिङ गरेको प्रहरीको बुझाई हुन्छ । लिभिङ टुगेदर अवैध हो भने राज्यले एउटा प्रस्ट कानुन बनाएर सम्वन्धित निकायलाई कारवाही गर्ने बाटो खुलाउनु पर्यो होइन र सँगै बस्न पाउनु पर्ने हो भने पनि त्यसको प्रस्ट व्याख्या सहितका कानून अपरिहार्य बन्न पुगेको छ । अन्यथा मन पर्दा रमाइलाो गर्ने नपर्दा अपराध भन्ने कुराले कति केटाकेटी जेल र सडक रोज्नुपर्ने हो यसको कुनै हिसाव रहने छैन।

कानूनी दायरा खडा गरेर समयमै यस्तो बेथिती नियन्त्रण गर्न नसके समाज र देश नै पथभ्रष्ट हुने दिन देख्न धेरै कुर्नु पर्ने छैन । लिभिङ् टुगेदरले आजको समाजमा धेरै ठूलो चुनाैती खडा गरेको छ । त्यसरी बसेका केटाकेटीहरुको सम्झाैतानै कानून विरोधी भएको प्रहरी निकायको ठम्याइ छ ।
बैदेशिक राेजगारीमा गएर फर्किएका धेरैले त्यहाँको देखासिकी गर्दै नेपाल आएपछि लिभिङ्ग टुगेदर शैली अबलम्बन गर्ने गरेका अनुमान लगाउन गार्हो छैन ।

यस्ता कैयन जोडीबाट बच्चा पनि जन्मिएका छन् । त्यसरी जन्मिएका बच्चाको भविष्यको कुरा एकातर्फ छ भने अर्को तर्फ बच्चा जन्माउने आमा घर न घाटकी हुने सम्भावना पनि त्यतिकै रहन्छ ।  कानुनले लिभिङ टुगेदरका विषयमा खास बोलेको पाइदैन । त्यसले धेरै घटना कानुन अभावकै कारण दबेका छन । आँटका साथ वाहिर निस्कन सक्नेले त प्रहरी कहाँ गएर बलात्कार जबर्जस्ती करणी भनेर उजुरी गर्लान तर सजाय दिलाउन बाहिर निस्कन नसक्ने र सोझा साझा महिला यस्तो कार्यवाट अलपत्र परेका घटना पनि प्रशस्त छन। जे होस यस विषयमा राज्यले गम्भीर भएर सोच्नु पर्ने बेला भएको छ। यदि लिभिङ टुगेदर अवैध हो भने राज्यले एउटा प्रष्ट कानुन बनाएर कार्यान्वयन गर्न जरुरी देखिन्छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.