वामपन्थी एकता भ्रम मात्रै हो: ओली

रिपोर्ट नेपाल | 2024 Apr 15 | 01:29 pm 273

काठमाडौँ ०३ बैशाख / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै वामपन्थी भनेर कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता गर्न नहुने बताएका छन्। आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग मात्रै एकता गर्ने बताए।

अध्यक्ष ओलीले कम्युनिष्ट र वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम र कर्तव्य हो हामीले बुझेका छौँ। हामीले त्यही कुरा बुझेर नै पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौँ । विस्तार हुँदै एकता एकीकरणबाट, त्यसलाई तोडेर आन्दोलन कमजोर भयो। हामीले तोडेको होइन, हामीले जोड्ने मात्रै काम गर्यौ। जोगाउने प्रयास गर्‍यौँ उनले भने।

वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ । वामपन्थी शक्ति भन्ने भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम पाल्नुहुँदैन । अहिले पनि राष्ट्रिय शक्तिहरू मिलेर सुशासन र समृद्धिको बाटोतर्फ अगाडि बढ्नुको विकल्प नभएको अध्यक्ष ओलीले बताएका छन् ।

पार्टी बिगार्ने र अवसरको खोजी गर्ने सित कुनै एकता हुँदैन । आन्दोलनको हित नहुने गरी कसैलाई अवसर उपलब्ध गराउँदैनौ। आन्दोलनको हितमा हामी लचिला सबै हुन्छौँ अध्यक्ष ओलीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.