वामदेवले भने– म विरुद्ध फेरि षडयन्त्र भो, स्व रवीन्द्रकाे क्षेत्रमा चुनाव लड्दिन

| 2019 Mar 02 | 01:02 pm 1841

काठमाडाैं, फागुन १८  : नेकपा नेता वामदेव गाैतमले स्व रविन्द्र अधिकारीकाे निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने कुनै तत्परता नदेखाएकाे प्रष्ट पारेका छन् ।

आफ्ना विरुद्ध कुत्सित उद्देश्यप्रेरित कुप्रचार सुरु गरिएकाे भन्दै उनले असन्तुष्टि जनाएका छन् । आफ्नाे फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै हेलिकप्टर दुर्घटनामा परी हालै मृत्यु भएका नेकपा सांसद स्व रवीन्द्रकाे निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने कुनै मनसाय नदेखाएकाे प्रष्ट पारेका हुन् ।

निवर्तमान संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका रवीन्द्रकाे निधनपछि उनकाे निर्वाचन क्षेत्र कास्की- २ खाली भएकाे छ । साे क्षेत्रमा अब हुने उप-निर्वाचनका लागि स्व अधिकारीकै परिवारका सदस्यलाई उम्मेदर बनाउन माग गरेर नेता गाैतमले आफूले पनि साे कुरामा पहल गर्ने बताएका छन् ।

स्व अधिकारीकाे अन्त्यष्टिमा नेता गौतम सहभागी भएर कास्की-२ काे उपनिर्वाचनमा आफू जाने दाउ खेलेकाे भन्दै केही मीडिया र समाजिक सञ्जालका प्रयाेगकर्ताले प्रचारमा गरेका थिए, जसलाई नेता गाैतमले आफ्नाे चरित्र हत्या गर्ने ‘निकृष्ट र षडयन्त्रमूलक’ कार्य भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.