काठमाडौं, भदाै २७ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन र ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गरेको छ ।
सोमबार भएको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले १२ भदौमा सरुवा भएर आएका दुई जना सहसचिवलाई वाणिज्य विभाग र कम्पनी रजिष्ट्रारमा पदस्थापन गरेको छ । मन्त्रालयमा कार्यरत अन्य ४ जना सहसचिवहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ ।
जसअनुसार वाणिज्य विभागको महानिर्देशकमा तीर्थ चिलुवाललाई पठाइएको छ । चिलुवाल यसअघि इटहरीमा अख्तियार प्रमुख थिए । अर्थ मन्त्रालयका राजस्व समूहका अधिकृत चिलुवालसँग राजस्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय लगायतमा काम गरेको अनुभव छ ।
यस्तै कम्पनी रजिष्ट्रारमा दिवश आचार्यलाई जिम्मेवारी दिएको छ ।