निगम महाप्रबन्धक कंशकारलाई कार्यकक्षमै मोसो

| 2019 Jan 04 | 05:54 pm 2150

काठमाडौं, पुस २० : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई मोसो दलेको छ।

नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंशकारलाई कार्यकक्षमै पुगेर शुक्रबार मोसो दलका हुन्।

शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंशकारलाई मोसो दलेको क्रान्तिकारी युवा लिग ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले बताएका छन् ।

पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कार्वाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको उनले दावी गरेका छन् ।

क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो । बैठकले भ्रष्टाचारी नामावाली तयार गर्दै भण्डाफोर गर्ने कार्यक्रम तय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.