वाइडबडीमा अनियमितता देखिए कसैलाई छोड्दैनौ : मन्त्री अधिकारी

| 2018 Nov 28 | 05:00 pm 2044

  • शिवमणि भण्डारी

काठमाडौं, मंसिर १२ : पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा भइरहेको छानबिन प्रकृयामा दोषी देखिए कोही त्यसबाट उम्कन नसक्ने बताएका छन् । संसद्को लेखा समिति, अन्तर्राष्ट्रिय समिति र अख्तियारको समेत छानबिन र चासोको विषय रहेको विमान खरिद प्रकृयामा कुनै पनि त्रुटि मान्य नहुने भन्दै मन्त्री अधिकारीले अनियमितता गरिएको फेला परेमा कार्बाहीका साथै स्वतमर्ना गरिने बताएका थिए ।

बुधबार रिपोर्टर्स क्लबमा भएको साक्षत्कार कार्यक्रममा मन्त्री रविन्द्र अधिकारीले २०२० सम्म २५ लाख पर्यटन नेपाल भित्राउने लक्ष लिएको बताए । पर्यटन विकासका लागि जहाज कमी भएकाले नेपाल एयरलाइन्स थप्नुपर्ने कुरामा जोड दिएका थिए । जहाज खरिदमा उनी माथि लागेको अर्बौँ घोटाला सम्बन्धी प्रश्नमा छानबिन भइरहेको र त्यसको प्रतिवेदन आएपछि सबै आरोप खण्डित हुने बताए ।

नेपाल वायुसेवा निगमलाई बलियो बनाएर नेपाल एयरलाइन्सलाई कम्पनीको रूपमा लैजान सकिने बताएका थिए । भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल यो वर्ष भित्र तयार हुने र पोखरा निजगढमा समेत युद्धस्तरमा काम हुने मन्त्री अधिकारीको भनाई थियो । अर्को एक प्रसङ्गमा मन्त्री अधिकारीले मंगलबार सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढंगले संचालन गरिने बताएका थिए ।

सुखी नेपाल, समृद्ध नेपालको परिकल्पनालाई साकार पार्नका लागि सबै भन्दा पहिला श्रमिक मजदुरको मुहारमा खुसी आउनुपर्ने मन्त्री अधिकारीको भनाई रहेको थियो । कार्यक्रमको शुभारम्भपछि चुनौतीका पहाडलाई फोरेर सरकार अघि बढ्न सक्षम भएको बताएका थिए । कार्यक्रममा नागरिक अगुवा सुन्दरमणी दीक्षितले सारमा हेर्दा कार्यक्रम अत्यन्तै राम्रो भए पनि व्यवहारमा लागू हुने कुरामा शंका व्यक्त गरे।

डेढ अर्ब रुपैयाँ जम्मा हुने भनिएको सामाजिक सुरक्षाको रकम माथि विगतको अनुभवले धरैको गिद्धे दृष्टि लाग्ने आरोप दीक्षितको थियो । अभ्यास विना लगाइएका यस्ता योजना यस अघि थुप्रै तुहिएको उदाहरण दिँदै नागरिक अगुवा दीक्षितले नागरिक कोषको रकमको हालत हुने ठोकुवा गरेका थिए । हरेक पार्टीका ट्रेड युनियनले श्रमिकलाई के कस्तो गरेका छन् र उनको नाममा कति मोज मस्ती गरेका छन् त्यो प्रष्ट भएको आरोप समेत लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.