काठमाडौं, पुस २७ : ठमेल तथा दरबारमार्गमा रहेका विभिन्न होटल तथा रेष्टुरेण्टहरूमा डिएसपी हुँ भन्दै धाक धम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर बालकोट घर भएका ३५ वर्षीय अनिल थापालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठा नम्बर २०३ मा बस्दै आफूलाई नेपाल प्रहरीको वहालवाला डिएसपी भनि नक्कली परिचयपत्र समेत देखाई अपराधिक गतिविधि गर्दै आएका थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलिले उक्त होटलबाट पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।