वर्दीमै सर्वसाधारणलाई लुट्ने असई सहित तीन जना निलम्बित

| 2023 Nov 07 | 12:35 pm 18621

काठमाडाैं, कार्तिक २१ । जनताको जिउधनको सुरक्षार्थ खटिएका प्रहरी नै लुटपाटमा संलग्न हुन्छन भने सर्वसाधारणले अब को बाट सुरक्षाको आशा गर्ने भन्ने प्रश्न उब्जेको छ । प्राप्त समाचार अनुसार एक असई सहित तीन जना वर्दीमा रहेका प्रहरीले केहि दिन अघि लुटपाट गरेर त्यस्तो हरकत प्रस्तुत गरेका छन् ।

रिपोर्ट नेपाललाई प्रहरी स्रोतबाट प्राप्त समाचार अनुसार प्रहरी तालिम केन्द्र महाराजगंजको मोडमा सिआरभी भेहिकल ड्युटीमा रहेका असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन वरालले ट्याक्सीमा आएका तीन महिला र एक पुरुष यात्रीलाई डर धम्की दिएर लुटपाट गरेका हुन् । ट्याक्सी रोकेर पैसा नदिए पक्राउ गर्ने धम्की दिएर लुटपाट गरेका वर्दीधारी असई तामाङको टोली विरुद्ध यात्रुले अलिपर  पुगेर कन्ट्रोलमा फोन गरेर उजुरी गरेका थिए । रात छिप्पिएर आवत जावत कम भएको माैका छोपेर गरेको हर्कतको यतिखेर राम्रो सजाय पाएका छन् । प्रहरीले तिनै जना प्रहरीलाई पक्राउ गरी निलम्बन गरिसकेको छ ।

तत्काल फोनबाट कन्ट्रोलमा जानकारी दिएकाहरु पछि उजुरी गर्न नआए पछि प्रहरीले सार्वजनिक हित विपरितको कसुरमा असई तामाङ सहित तिनै जनालाई कारवाही गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.