वर्तमान नेतृत्वले धेरै बोल्ने, काम कम गर्ने भयो: नेता भण्डारी

| 2018 Sep 11 | 08:20 pm 2813

गुल्मी, भदौ २६: नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वर्तमान सरकारको नेतृत्व धेरै बोल्ने, काम कम गर्ने भएको आरोप लगाएका छन् ।

प्रेस युनियन गुल्मीको सातौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा हत्या हिंसा र बलत्कारका घटनाहरु बडी रहेका बेला सरकार मुख दर्शक बनेर हेरिरहेको भन्दै बोल्न भन्दा काम गरेर देखाउन आग्रह गरेका छन्।

देशमा शान्ति सुरक्षाको प्रत्याभूति गर्नुपर्ने र नेपाली जनतालाई विकासको अनूभूती दिनुपर्ने समयमा वर्तमान सरकारले परिवर्तनका कुरा गर्ने काम भने सिन्को पनि भाच्ने काम नगरेकाले सरकारले नेपाली जनतालाई विकासको अनूभूती दिन नसक्ने ठोकुवा गरे ।

अर्को एक प्रसङ्गमा नेता भण्डारीले प्रधानमन्त्रीले मन्त्री , स्थानीय तहहरुलाई परिचालन गर्न नसकेको दाबी गरेका छन् । गृह मन्त्रीले सिन्डीकेट अन्त्यको घोषण गर्ने , यातायात मन्त्रीले चासो नदेखाउने जस्ता कार्यहरु भएकाले पनि परिचालन फितलो भएको बताए ।

पछिल्लो समयमा बलात्कारका घटनाहरु प्रति पनि सरकार उदाशिन बन्दै गएको समयमा समस्या समाधान गर्ने तर्फ भन्दा पनि सरकारका मन्त्रीहरु स–सना योजनाहरुको शिलन्यास गर्दै हिडिराखेकाले सरकारले आम नेपाली जनताको सुरक्षा दिनुपर्नेमा अझ हिंसा बढाउने हो की भन्नेमा शंका उत्पन्न भएको बताए ।

गुल्मी जिल्लाको विकासको सन्र्दभमा आफुले गरेका कार्यहरु र नेपाली कांग्रेसको पहलमा भएका विकास निर्माणका योजनाहरु वर्तमान सरकारले पाँच बर्षसम्ममा पनि गरे रिडीमा फुलमाला लगाई सम्मान गर्ने चुनौती दिए ।

वर्तमान समयमा गुल्मी जिल्लाका केन्द्रीय दुई मन्त्री र प्रदेशमा एक मन्त्री भएता पनि विकासले गति लिन नसकेको भन्दै आफूले जति विकास गरेर देखाउन गुल्मीका मन्त्रीहरुलाई चुनौती समेत दिएका छन् ।

समाज र देश परिवर्तनमा संञ्चारको ठुलो भूमिका हने भन्दै भण्डारीले सत्य र तथ्यमा आधारित रहि कलम चलाउन पत्रकारहलाई आग्रह गरे । पत्रकारिता क्षेत्रमा पनि राजनीति हाबी बन्दै गएकोले त्यसबाट अलग रहि कलम चलाउन सुझाब समेत दिएका छन् ।

नेपाल प्रेस युनियन गुल्मीको आगामी नेतृत्वले देश निर्माण र परिबर्तनमा सकारात्मक भुमिका खेली देशमा नमुनाको सुरुवात गुल्मीबाट गर्ने गरि कलम चलाउन आग्रह गर्दै सफलताको शुभकामना व्याक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.