काठमाडौं, फागुन २८ः वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ । लामो समय बीबीसी नेपाली सेवामा काम गरेका पत्रकार शर्माको शुक्रबार निधन भएको हो ।
चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको २ बजेर १३ मिनेटमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । उनको श्रीमती र एक छोरा छन्।
शर्माकाे निधनप्रति नेपाली कांग्रेसले गहिराे दुःख व्यक्त गरेकाे छ । उनकाे निधनबाट पत्रकारीताकाे क्षेत्रमा अपूरणीय क्षति पुगेकाे कांग्रेले शाेक वक्तव्यमा उल्लेख गरेकाे छ ।
साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि उनकाे निधनप्रति दुःख व्यक्त गरेका छन् । स्वर्गीय शर्माप्रति सभापित देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माकाे चीर शान्तिकाे कामनाका साथ शाेक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नाे व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।
