वनमा लागेकाे आगाेले जली एक बृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2020 Apr 02 | 07:50 am 2686

तेह्रथुम , चैत २०ः  जिल्लाकाे आठराई-६, चुहानडाँडामा रहेको सामुदायिक वनमा मंगलबार लागेको आगलागीमा परी एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साविक चुहानडाडा-८, बोखिमका ८१ वर्षीय बृद्ध फौदराज पौठाक रहेको प्रहरीले जानकारी दिएकाे हाे ।

उनलाई जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको चुहानडाँडाका वडा अध्यक्ष तेज प्रसाद कन्दङवाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.