वडा स्तरीय बाल संजाल गठन पश्चात् वडा अध्यक्षलाई ध्यानाकर्षण ज्ञापन पत्र बुझाए

| 2023 May 01 | 08:06 am 2517

  • शंकर रिखाम मगर

उदयपुर, वैशाख १७ः उदयपुरको रौतामाई ७ मुर्कुचि स्थित महिला समुदाय हित केन्द्रको सभा हलमा वर्ल्ड भिजन नेपालको सहयोग तथा जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजनामा बाल बालिकाहरुको भेलाले वडा स्तरिय बाल संजाल गठन गरेको छ ।

No description available.

उक्त भेलामा सगरमाथा बाल क्लव धाङ्लेका अध्यक्ष शरिता श्रेष्ठको अध्यक्षतामा सन्चालन गरिएको थियो भने प्रमुख अतिथिमा रौतामाई ७ का वडा अध्यक्ष मनोजकुमार राना मगर रहेका थिए ।

No description available.

वडा स्तरीय बाल भेला जाल्पा एकीकृत विकास समाजका फिल्ड परिचालक शंकर रिखाम मगरले बाल भेला र वडा बाल संजाल गठन गर्नुको उद्देश्य सहित प्रकृयाको बारेमा र फाइदाहरुको बारेमा जानकारी दिदै कार्यक्रम सन्चालन गरेका थिए ।

No description available.

भेलामा रौतामाई ७ को विभिन्न विद्यालय रानिबास, तेलतेले, कोल्बोटे, शिखर, जाल्मे, पुवारे, मुर्कुची र राजावासमा अध्ययनरत १० वर्ष देखि १८ वर्षका १६ बालक र २८ बालिका गरि ४४ बाल बालिकाहरुको उपस्थिती रहेको थियो ।

No description available.

बाल भेलामा आफ्नो गाउँ घर तथा छिमेकमा रहेको साझा समस्याहरु प्रस्तुती गर्दै समाधानको लागि कार्य योजना बनाइ अगाडि बढ्नको लागि भेलाले विभिन्न भेगलाई समेट्ने गरि वडा स्तरिय बाल संजाल समिती गठन गरिएको छ । उक्त बाल संजाल समितिमा अध्यक्ष कोपिला परियार, सचिव नविना परियार, सह सचिव जगतकुमार तामाङ, कोषाध्यक्ष शरिता श्रेष्ठ, सदस्यहरुमा लिलाकुमारी राना मगर, गिता श्रेष्ठ, शुनिल पुलामी, सविना राई, ओममाया लुङ्गेली मगर, अस्मिता मगर र अनमोल रमतेल सहित ११ सदस्यिय समिती गठन गरिएको छ । समिती चयन पश्चात् बाल संजाल र भेलाले रौतामाई ७ मा प्रतिवद्धता सहितको ध्यानकर्षण ज्ञापन पत्र वुझाएका हुन् ।

No description available.

रौतामाइको वडा नम्वर २ र ४ बालमैत्री वडा घोषणा भई सकेको र आफु पनि केही वर्षमा वडाभरिमा आवश्यक सुचकहरु सम्पन्न गरि बालमैत्री वडा घोषणा गर्ने लक्ष्य रहेको प्रमुख अतिथि तथा वडा अध्यक्ष मनोजकुमार राना मगरले बताए । बार्षिक विनियोजित रकम बाल बालिकाकै निम्ति छुट्याइएको हुन्छ र उक्त रकम बाल संजालद्वारा कार्य योजना बनाइ कार्य गर्ने पनि अध्यक्ष रानाले बताए ।

No description available.

बाल बालिकाहरुको हित र भलोको निम्ति सधै अगाडि बढ्ने र वुझाइएको ज्ञापन पत्र जस्ताको तस्तै कार्यपालिकाको वैठकमा पेशगरि रकम विनियोजन गर्न पहल गर्ने तथा वडा बाल सन्जालको लागि वडामा विभिन्न प्रकाशनका किताब सहित कोठाको छुट्टै व्यावस्था गर्ने अध्यक्ष राना मगरले प्रतिवद्धता जाहेर पनि गरेका छन् ।

No description available.

उक्त बाल भेलालाई जाल्पा एकीकृत विकास समाज उदयपुरका थमान थापा मगर र भरत बोहोराले पनि सहजिकरण गरेका थिए ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.