वडा सदस्यद्वारा लहानमा निःशुल्क कम्प्युटर कक्षा संचालन

रिपोर्ट नेपाल | 2020 Dec 21 | 11:03 am 2445

महेश सिंह सिरहा, पुस ६ः लहान नगरपालिका ८ मा निःशुल्क ब्यसिक कम्प्युटर कक्षा संचालन भएको छ । लहान ८ का वडा सदस्य सुरेश कुमार साहले उक्त कक्षा संचालनमा ल्याएका हुन् ।

कक्षा उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा बाबा मिडिसिनी लहानको संचालक श्याम साहले रिवन काटेर कार्यक्रम उद्घाटन गरेका थिए ।

No description available.

अन्य अतिथिहरुमा पत्रकार फिरोज शेख, महेश सिंह, बिजय महथा, सन्तोष महतो लगायतका दर्जनौंको सहभागीता रहेको थियो । कक्षा संचालन पुस ५ गते देखि हुने शिक्षक श्याम कुमार महतो बताए ।

नगरपालीकाबाट जनप्रतिनिधिहरुलाई दिने गरेको सेवा सुबिधाको रकम जोहोगरी साहले आफ्नो ब्यक्तिगत लगानीमा कक्षा संचालन गरेका हुन् । साहले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सम्बन्धित वडा भित्रका कक्षा ८ देखि १२ कक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिईने बताइएको छ ।

No description available.

साहले एक लाख पचास हजारको लगानीमा आफ्नै निवासमा कक्षा संचालन गरेका छन् । दिन भरीमा ४ सिफ्टसम्म कक्षा संचालन हुनेछ भने एउटा कक्षामा १५ जनासम्म विद्यार्थीहरुलाई शिक्षण गराउने सुरेश कुमार साहले जानकारी दिए ।

उक्त कम्प्युटर कक्षामा जम्मा १ सय विद्यार्थीहरुलाई शिक्षा दिइने बताइएको छ। अहिलेको युग भनेको कम्प्युटरको युग भएकोले यो शिक्षा अनिवार्य सबै विद्यार्थीमा हुनुपर्छ भन्दै साहले उक्त कक्षा संचालन गरेका हुन् ।

गोल्डेन ईन्स्टिच्युट लहानका संचालक तथा दक्ष अनुभवि शिक्षक श्याम कुमार महतोले विद्यार्थीहरुलाई अध्ययन गराउने संचालक वडा सदस्य शुरेश कुमार साहले जानकारी दिए । उक्त स्थानमा कम्प्युटर सिक्न आउने विद्यार्थीहरुको सुरुकै दिन धेरै भिड लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.