वडा सचिव ४  लाख घुससहित पक्राउ

| 2021 Mar 19 | 08:42 am 1649

काठमाडौं, चैत ६: काठमाडौं महानगरपालिका वडा नम्बर ३० का  वडा सचिव ४  लाख घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतकुमार पोखरेल रहेका छन् ।

वडासचिव पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  टोलीले  रकम लिइसकेको अवस्थामा घुससहित पक्राउ गरिएको हो ।

उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.