वडा अध्यक्षले भ्रष्टाचार गरेको दलित समुदायको आरोप

रिपोर्ट नेपाल | 2020 Jul 27 | 12:57 pm 2200

महेश सिंह सिरहा, साउन १२ः स्थानीय सरकार र प्रदेश सरकारबाट उपलब्ध विभिन्न योजनाहरु आफ्नै गाउँमा लागू गरी आफुहरुलाई सेवा, सुबिधाबाट बन्चित गर्दै आएको भन्दै राघोपुरबासीले बिरोध जनाएका छन् ।

No description available.

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ३ राघोपुरको करिब ६० घर दलित समुदायलाई बाईकाठ गरी दलित भनेर हेपने गरेको भन्दै दलित समुदायले पत्रकार समेलन गरेका छन् ।

सभासद राजकिशोर यादवको संसदियकोषको बजेटमा वडा अध्यक्ष हरि कुशियैत यादवले आफुसँग नजिकको ब्यक्तिहरुलाई सेवा सुविधा दिने गरेको स्थानीयको आरोप रहेको छ ।

नगरपालिकाद्वारा दिईएको कुट्टी काट्ने मेसिन ४ थान, घर छाउने जस्ता पाता, डिप बोरिङ ४ थान, नगर र प्रदेश गरी २.५ लाखको कोरोना कोष, किसानको लागि मल बीउ लगायतका सेवा सुविधाबाट बन्चित भएको स्थानीय दलित समुदायले बताएका छन् ।

No description available.

घर छाउने जस्ता पाताको लागि राघोपुरबासीको करिब तीन महिना देखि योजना संचालन गर्न माग गर्दै आएका छन् । विवादको क्रममा वडा अध्यक्ष यादव, किशोर यादवले समुदायलाई गाली गलौज समेत गरेको बताएका छन् । वडा अध्यक्ष हरि कुशियैत यादवले दलित समुदायलाई काखा पाखा गरेको आरोप लगाएका छन् ।

गत असार १८ गते दलित समुदायले वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए। सोही ताला खोल्ने क्रममा वडा अध्यक्षले डोमीनी देवी सदाय, रुपेश सदाय, सहित ६ जनालाई कुटपिट गरिएको थियो । कुटपिटमा उमेश सदायको टाउकोमा गम्भीर चोट लागेको थियो।

वडा अध्यक्ष यादवले साउन ४ गते तालाबन्दी खोल्ने प्रयास गर्दा झडप भएको थियो। झडमा करिब आधा दर्जन दलित युवा र दलितहरु महिलाहरु घाईते भएका थिए।

अध्यक्ष यादवले दलितहरुलाई मान्छे नै नगन्ने पशु जस्तै ब्यवहार गर्ने गरेको एक पीडितले बताए । विकासको नाममा आफ्नो घर नजिक मात्र विकासमा तेज रहेको स्थानीयको आरोप रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.