वडाध्यक्षमाथि अज्ञात समुहद्वारा गोली प्रहार

रिपोर्ट नेपाल | 2020 May 01 | 11:48 am 1977

कपिलस्तु, बैशाख १९ः गए राति जिल्लाकाे यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि अज्ञात समुहद्वारा गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन् ।

आफ्नै घरमा सुतेका मुसलमानमाथि करिब १ बजे चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

गाेली प्रहार भए पनि वडाध्यक्ष मुसलमानलाई कुनै गोली नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताए ।

स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.