लोसपा बैठकमा बीआरआईको विरोध

| 2024 Mar 21 | 02:12 pm 829

काठमाडौं, ०८ चैत / महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठक बाट लोकतान्त्रिक समाजवादी, नेपाल (लोसपा)ले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको विरोध गरेको छ ।

नेपालले बीआरआई अघि बढाउन कार्यान्वयन सम्झौता गर्ने चर्चा चलिरहेको बेला लोसपाले विरोध गरेको हो ।  बुधबार महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले बीआरआई नेपालको हितमा नरहेको ठहर गरेको छ ।

नेपालको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोड रुपैयाँलाई २० करोडसम्म पुर्याउने निर्णयको भने स्वागत गरेको छ ।

‘यसले मुलुकको समृद्धिमा टेवा पुग्ने भएकोले यसलाई स्वागत गर्दछ, मुलुकको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको ५ करोडलाई २० करोडसम्मको सीमा तय गरिएको निर्णयलाई यो बैठकले स्वागत गरेको छ ।

लोसपाले भारतसँग भएको विद्युत व्यपार सम्झौताअन्तर्गत १० हजार मेगावाट विद्युत् विक्री गर्ने सहमति मुलुकको व्यापक हितमा भएको दाबी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.