लोभी मन….
लोभी मन छिनको छिनमै फेरिन्छ यहाँ
पाउन गाह्रो छ कसैको निस्वार्थ माया यहाँ
प्रेम अजम्मरी हुन्छ सबैले भन्ने गर्छन यहाँ
पिटेर छाती शम्शानमा किन कोही रुन्छन यहाँ
छिनको छिनमै घात प्रतिघात हुने गर्छ यहाँ
थाहै न पाइ गर्छन मायाको किनमेल यहाँ
लोभी मन….
पल भरमै मायालुको मुहार बदलिन्छ यहाँ
गरेर विस्वासघात नयाँ कथा रचिन्छ यहाँ
कसले देख्छ चोखो माया धरधरी रोएको
थाहै न पाइ धन संग माया साटिन्छ यहाँ
लोभी मन…..
कृष्ण बहादुर थापा