काठमाडौँ ११ जेठ / सञ्चार, सूचना एवं प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले एक कर्मचारी पक्राउ हुँदैमा गृहमन्त्री रमेश लेखेकले राजीनामा दिनु नपर्ने बताएका छन्।
गृहमन्त्रीको राजीनामा माग भइरहेको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गरे, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्ने हुन्छ र?’
सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको अनियमिताबारे छानबिन हुन दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा हुने भिजिट भिसामा मानव तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यस प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको समाचार आइरहेका छन्। यही प्रकरणमा गृहमन्त्री लेखकमाथि राजीनामा दिनुपर्ने दबाब बढिरहेको छ।