काठमाडौँ, आश्विन १० / लुम्बिनी प्रदेश सरकारले असोज ११ गते ४५औँ विश्व पर्यटन दिवस दाङमा मनाउने भएको छ ।
प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा दाङमा घोराहीमा प्रदेशस्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवस मनाउने भएका हुन् ।
पर्यटन दिवसका अवसरमा असोज ११ गते जिल्ला समन्वय समिति घोराहीको खुल्ला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरी मनाइने जनाइएको छ ।
पर्यटन, न्याय र शान्ति’ भन्ने मूल नाराका साथ मनाइन लागेको दिवस सफल पार्न विभिन्न नौ उपसमिति गठन गरी तयारी गरिएको जानकारी दिएको छ। त्यस दिन हुने भव्य कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।