लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज शुक्रबार देखि लागू हुने गरी अन्त्य

| 2021 Aug 13 | 07:33 pm 2761

काठमाडौँ साउन २९: नेपालको संविधानको धारा १८३ बमोजिम लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन शुक्रवार रातिदेखि लागू हुने गरी अन्त्य भएको छ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते अधिवेशन आह्वान गरेका थिए ।

निवर्तमान मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्तावको सामना नगरी राजीनामा दिएका थिए । ४ दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कूलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.