काठमाडौँ, आश्विन २३ / नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको प्रमुख सचेतक बाट जन्मजय तिमिल्सिनाले राजीनामा दिए पछि प्रमुख सचेतकमा जमूना ढकाललाई नियुक्त गरिएको छ।
प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले दिएको राजीनामा दलका नेता डिल्लीबहादुर चौधरीले मंगलबार स्वीकृत गरेका थिए।
चौधरीले बुधबार प्रदेश सभा सदस्य ढकाललाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।