लुम्बिनीको थप पर्यटन प्रवर्द्धन गर्न आग्रह

रिपोर्ट नेपाल | 2021 Oct 03 | 11:05 am 1597

लण्डन, असोज १७ः  परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवर्द्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो ।

लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो । यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाउएका थिए ।

ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दिने गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवर्द्धन गर्न र राहदानीमा लुम्बिनीलाई समावेश गराउन भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.