लुम्बिनीका मुख्यमन्त्रीले चैत्र २२ गते विश्वासको मत लिने

| 2024 Apr 02 | 01:42 pm 665

काठमाडौँ २० चैत / नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् ।

लुम्बिनी प्रदेशमा ८७ सिट छन् जसमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपा र नाउपाका ४-४ जनमत पार्टी, जसपा र लोसपाका ३-३ सिट छन् भने जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सिट रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.