लुडो खेल्ने सात जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 26 | 03:46 pm 2175

काठमाडौं, साउन ११ः लुडो खेलमा पनि ठूलो रकमको बाजी राखेर खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार काठमाडौं महानगरपालिका– १४ सुनारगाउँबाट बाजी राखेर लुडो खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त, कालिमाटीका डिएसपी रूगमबहादुर कुँवरका अनुसार बाजी राखेर लुडो खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि पक्राउ गरेको बताए।

उनका अनुसार उनीहरूले कम्तीमा पनि २५–३० हजार रुपैयाँ बराबरको बाजी राखेर खेलेका थिए। उक्त खेलबाट प्रहरीले घरबेटीलाई समेत पक्राउ गरेको बताइएको छ।

मानिसहरूले लकडाउन सुरू भएदेखि समय बिताउन लुडो खेल्ने गरेका थिए। तर, त्यसै खेलमा बाजी राखेर खेल्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.