काठमाडाैं, माघ ४ः मिति २०७७ असाेज २१ गते रामेछाप सोनापती गाउँपालिका-३, कामा स्थायी घर भई भक्तपुर चाँगुनारायण नगरपालिका ८, सुडाल बस्ने ६१ वर्षीय चन्द्र बहादुर योञ्जन (लामा) को पसलमा आएका दुई जना अपरीचित
व्यक्तिहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई मृतक चन्द्र लामा योञ्जनलाई जग्गा हेर्न भनी पसल भन्दा पर विडोलफाँट स्थितमा रहेको धानखेतमा लगी कुटपिट गरी निजको साथमा रहेको सुनको ब्रासलेट तथा मोवाईल समेत लुटी कर्तव्य गरी फरार रहेका थिए ।
मृतकको उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा मृत्यू भएको घटनामा संलग्न व्यक्तिहरूको निरन्तर अनुसन्धान तथा खोजतलास पश्चात घटनाका मुख्य योजनाकार मध्यका सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका २
टिमुरे घर भएका ४२ वर्षीय माईला भन्ने सोनाम तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले जिल्ला काभ्रे धुलीखेल नगरपालिका-१ मयुरपार्कबाट आइतबार पक्राउ गरी आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी वृत्त जगाती पठाईएको जानकारी दिएकाे हाे ।
उक्त घटना पश्चात अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले “अपरेसन रक्स” संचालन गरी घटनामा संलग्न भएका व्यक्तिहरु मध्य कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यस अघि नै महानगरीय अपराध महाशाखाबाट
खटिएको प्रहरी टोलीले काठमाडाैंकाे विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत जगाती पठाएकोमा उनीहरू सम्मानित भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनुवामा रहेको सूचना अधिकारी प्रवक्त प्रहरी उपरीक्षाक ईश्वर कार्कीले बताए ।