लुटपाटमा संलग्न एक जना पक्राउ

| 2019 Apr 04 | 01:52 pm 2595

काठमाडौं, चैत २१ : धारिलो हतियार देखाई कुटपिट गरी लुटपाटमा संलग्न काठमाडौं बौद्ध बस्ने रामेछाप घर भएका २४ वर्षीय सौगात तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–५ कालोपुल स्थित प्रदेश नम्बर ३–०२–०००३ प १७९४ नम्बरको मोटरसाइकलमा सवार तामाङ र काठमाडौं बौद्ध बस्ने २३ वर्षीय लोपशन तामाङले बा ७२ प ४७६९ नम्बरको मोटरसाइकल रोकी मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरुलाई धारिलो हतियार देखाई कुटपिट समेत गरी उनीहरुको साथमा रहेको नगद ३१ हजार रुपैयाँ लुटि फरार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका दुवै जनाको बीर अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न लोपशन तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.