लुकाई छिपाई लैजान लागेको अवैध सुन सहित एक पक्राउ

| 2018 Nov 13 | 01:52 pm 2023

काठमाडौं, २७ :  कात्तिक हिमालय एयरको उडानद्वारा कतारबाट काठमाडौं आगमन भएका सिराहा मिर्चैया नगरपालिका २ घर भएकी रुवी कुमारी महतोलाई अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ सय ९९ ग्रामको सुनको वाला ४ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा प्रहरीले जाँच गर्नेक्रममा भन्सार छली गरी अवैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको बुझिएको छ ।

पक्राउ परेकी रुवीलाई प्रहरीले थप आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाएको प्रहरीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.